मोडल सनम कठायत लाई बि स्टार दशक अभिनय सम्मान

Masta Gaupalika

सागर जोशी,काठमाडौं ।

नेपाली गीत सङ्गीत संरक्षण र सम्बर्धनमा तथा प्रचार प्रसारमा आफ्नो उत्कृष्ट अभिनय मार्फत लोकप्रिय राष्ट्रिय मोडल कलाकारको रुपमा स्थापित भई पुर्याएको योगदानको कदर गर्दै मोडल एबम कलाकार सनम कठायत लाई दशक अभिनय सम्मान बाट सम्मानित गरिएको छ । बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा भब्य रुपमा समापन भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा मोडल सनम कठायतलाई ‘दशकका मोडल सम्मान’ प्रदान गरिएको थियो ।

त्यस्तै, भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भए । २१ हजार १ सय ११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित तुलाधरलाई उक्त सम्मान प्रदान गरिएको हो र गायक विष्णु खत्री ‘दशकका गायक सम्मान’बाट सम्मानित भएका थिए ।

करिब ८ वर्षको अन्तरालमा २ हजार ५ सय बढी म्युजिक निर्माण गर्न सफल कम्पनी बि स्टार फिल्मस प्रा.लिले मन्त्री श्रेष्ठको प्रमुख अतिथ्यमा आफ्नो पहिलो संस्करणको अवार्ड कार्यक्रम गरेको हो ।

अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहेको बताईन् ।

 

उनले कलाकारहरुको सम्मानका लागि आयोजना गरिएको अवार्ड कार्यक्रमको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने कलाकर्मीहरुलाई बधाई समेत दिएकी थिइन् ।

Loading...