युनियन एजुकेशनमा विज्ञ प्रशिक्षकको लस्कर: तयारी कक्षा धमाधम

शिक्षक सेवा आयोगको तयारी गरिरहनुभएका उम्मेदवारहरूका लागि देशकै अग्रणी शैक्षिक संस्था युनियन एजुकेशनले नयाँ भर्ना तथा विशेष तयारी कक्षाहरू सञ्चालनमा ल्याएको छ । संस्थाले “एक पटक भर्ना , परीक्षाको अघिल्लो दिनसम्म कक्षा” भन्ने मुख्य नाराका साथ माध्यमिक (मा.वि.) , निम्न माध्यमिक (नि.मा.वि.) र प्राथमिक (प्रा.वि.) गरी तीनवटै तहका लागि अनलाइन र भौतिक दुवै माध्यमबाट नयाँ ग्रुपहरू सुरु गरेको हो । काठमाडौँको बागबजारस्थित कार्यालयमा बिहान ६:३० बजेदेखि भौतिक कक्षाहरू सञ्चालन भइरहेका छन् भने टाढा रहेका विद्यार्थीहरूका लागि बिहान ५:०० र साँझ ६:०० बजेको समयमा अनलाइन लाइभ कक्षाहरूको व्यवस्था गरिएको छ । यी कक्षाहरूमा विद्यार्थीले दैनिक ४ घण्टाभन्दा बढी समय विज्ञहरूसँग अन्तरक्रिया गर्न पाउनेछन् भने प्राविधिक रूपमा एपमार्फत रेकर्डेड भिडियो र पीडीएफ नोटहरू समेत प्राप्त गर्नेछन् ।

​यसपटकको तयारीलाई थप स्तरीय बनाउन युनियन एजुकेशनले देशकै प्रख्यात प्रशिक्षकहरूको टोली परिचालन गरेको छ । जसअन्तर्गत शिक्षा खण्डमा वरिष्ठ प्रशिक्षक द्वय सिताराम कोइरालारमेश बाबु भट्टराईले अध्यापन गराउनुहुनेछ भने सामान्य ज्ञानतर्फ मित्र घिमिरे , नन्द प्रसाद भट्टराईडिल्लीरमणले सहजीकरण गर्नुहुनेछ । त्यसैगरी , बौद्धिक परीक्षणका लागि कुमार तिमिल्सिना र सूचना तथा सञ्चार प्रविधिका लागि सन्दिप पोख्रेल जस्ता अनुभवी विज्ञहरू टोलीमा रहनुभएको छ । प्रशिक्षक सन्तोष राज अर्याल सहितको यो टिमले उम्मेदवारहरूलाई परीक्षा केन्द्रित भएर विस्तृत मार्गदर्शन प्रदान गर्नेछ ।

​कक्षा सञ्चालन र विद्यार्थीको सफलताको सन्दर्भमा युनियन एजुकेशनका सञ्चालक तथा वरिष्ठ प्रशिक्षक रमेश बाबु भट्टराई भन्नुहुन्छ , “हामीले केवल कक्षा मात्र सञ्चालन गरेका छैनौँ , विद्यार्थीको सफलतालाई मुख्य केन्द्रमा राखेर प्रविधि र उत्कृष्ट पाठ्यसामग्रीको फ्युजन गरेका छौँ । आयोगको बदलिँदो पाठ्यक्रम र कठिन प्रतिस्पर्धालाई मध्यनजर गर्दै हामीले यसपटक ४५ सेट विशेष गेस पेपर र दैनिक युनिट टेस्टको व्यवस्था गरेका छौँ , जसले विद्यार्थीलाई आत्मविश्वासी बनाउनेछ ।”

​तयारीलाई थप सहयोग पुर्‍याउन युनियन पब्लिकेसनले “शिक्षक सेवा आयोग सफलताको सारथी : आधारभूत तह (नि.मा.वि./प्रा.वि.) प्रथम पत्र” नामक नयाँ पुस्तक समेत बजारमा ल्याएको छ । रमेश बाबु भट्टराई र सन्तोष राज अर्यालद्वारा लिखित यो पुस्तकमा ४५ सेट ‘Guess Paper’ र विस्तृत पृष्ठपोषण समावेश गरिएको छ , जसले परीक्षार्थीलाई वास्तविक परीक्षाको प्रकृति बुझ्न मद्दत गर्नेछ । पुस्तकमा पछिल्लो बजेट (२०८१/८२) , आर्थिक सर्वेक्षण, राष्ट्रिय जनगणना २०७८ का अद्यावधिक तथ्याङ्कहरू र विद्यालय शिक्षा क्षेत्र योजना जस्ता समसामयिक विषयहरूलाई सुक्ष्म रूपमा समेटिएको छ ।

​यसैबीच , नेपाल सरकार , शिक्षक सेवा आयोगले पनि सामुदायिक विद्यालयको निम्नमाध्यमिक तह , तृतीय श्रेणीका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको आधिकारिक विज्ञापन आह्वान गरेको छ । आयोगको २०८२ चैत्र २३ गतेको निर्णयानुसार चैत्र २४ गते प्रकाशित सूचना बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन पोर्टल https://online.tsc.gov.np/ मार्फत आवेदन दिन सक्नेछन् । विज्ञापन खुलेलगत्तै युनियन एजुकेशनमा भर्ना हुनेहरूको लर्को लागेको छ । थप जानकारीका लागि इच्छुक परीक्षार्थीहरूले संस्थाको सम्पर्क नम्बरहरू ९८५६०६६४९१ , ९८४६०९१७८५ वा ९८५६०६१९९१ मा सम्पर्क गरी आफ्नो तयारीलाई थप मजबुत बनाउन सक्नेछन् ।

Loading...