शम्भु श्रेष्ठ र एलिना चौहानको स्वरमा भीम विसीले ल्याए ‘अन्त नजर’

शम्भु श्रेष्ठ र एलिना चौहानको स्वरमा रहेको  गीत ‘अन्त नजर’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा कमल सिंह र अलिशा बास्तोलाको अभिनय रहेको छ ।

पछिल्लो समयका व्यस्त एवम् चर्चित सङ्गीतकार भीम बिसीको सङ्गीत रहेको गीतमा गायक श्रेष्ठ कै शब्द छ ।  गीतमा मौलिक शब्दहरूको सिर्जना सुन्न सकिन्छ ।  प्रेमी प्रेमिकाको सम्बन्धमा आउने अनेकौँ आरोह अवरोहको भाव लाई गायकले यस गीत मार्फत प्रस्तुत गरेका छन् ।

बिस वर्ष देखि सङ्गीतको क्षेत्रमा केही गर्छु भनेर सपना बोकेका गायक शम्भुले डेब्यू अहिलेकी युवा पुस्ता माझ चर्चित गायिका एलिना चौहान सँग सार्वजनिक गर्न पाउँदा उनी दङ्ग छन् ।

यस गीतको भिडियोमा उत्सब दाहालको छायाङ्कन र  दिन्सन शाहको सम्पादन छ भने भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् ।

Loading...