फाल्गुन १२ गतेबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘भष्मे डन’ मा नायिका स्वस्तिमा खड्का फाइनल भएकी छिन् ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्मको निर्माणपक्षले आज उनीसँग कागजी सम्झौता गरेको हो ।
यो फिल्मको शिर्ष भूमिकामा नायक विपिन कार्की फाइनल भैसकेका छन् ।
फिल्ममा कलाकार खगेन्द्र लामिछानेको कथा छ । तर, उनी फिल्ममा रहने वा नरहने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन ।
फिल्म ‘पशुपति प्रसाद’बाट ‘भष्मे डन’ नामक पात्रको जन्म भएपछि यही नाममा दीपेन्द्रले नयाँ फिल्म बनाउन लागेका हुन् ।