‘जेरी २’ मा फेरी अनमोल र आनाको जोडी

चलचित्र ‘जेरी’मा दर्शकले अत्याधिक रुचाएको जोडी नायक अनमोल केसी र नायिका आना शर्मा करीब ९ बर्षपछी फेरी एकसाथ ‘जेरी २’मा देखिने भएका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्ने यस चलचित्रमा यसअघी अर्की नायिका पूर्णिका सिंजापति फाइनल भइसकेकी छिन् ।

हेमराज बीसीको निर्देशन रहने चलचित्रलाई निर्माता सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् । एक महिनापछि छायांकनमा जान लागेको यस चलचित्रलाई लुक्लादेखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा खिचिनेछ । ‘जेरी’को पहिलो श्रृंखला बक्स अफिसमा हिट साबित भएको थियो ।

Loading...