दिनेश राउतको लभस्टोरी चलचित्रमा गायक स्वप्न सुमन हिरो

दिनेश राउतको निर्देशनमा बन्ने नयाँ चलचित्रमा नायकको भूमिकामा गायक स्वप्न सुमन फाइनल भएका छन् । उनलाई अडिसनबाट छनोट गरिएको हो । तीन महिनादेखि उनले यसै भूमिकाको लागि अभिनय पनि सिकिरहेका छन् । यसअघी ‘प्रकाश’ चलचित्रको कथा लेखेका विकास सुबेदीलेनै यस चलचित्रको कथा लेखेका छन् । प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने चलचित्रको छायांकन बैशाखदेखि सुरु गरेर असारसम्म सक्ने तयारी निर्माताको रहेको छ । नायिका भने केही समयभित्र फाइनल गरिने कुरा छ ।

गायनमा युवापुस्ताले निकै रुचाएका सुमनलाई अब नायकमा कती रुचाउने हुन् त्यो आउँदा दिनमा थाहा हुनेछ । चलचित्रलाई आउदो दशैंमा रिलिज गरिने बताइएको छ ।

Loading...