पल शाह छुटेपछी भाकल पुरा गर्दै जुरी ठाकुरले काटे दाह्री र कपाल

पल शाह कारागार चलान भएपछी नछुटेसम्म कपाल नकाट्ने बाचा गरेका हेयर डिजाइनर जुरी ठाकुरले अन्तत: पल छुटेपछी आज कपाल काटेका छन् । जुरीले जबसम्म अभिनेता पल शाह कारागार मुक्त भएर बाहिर निस्कदैनन् तबसम्म म मेरो यो दाह्री र कपाल काट्ने छैन भनेर भाकल गरेका थिए । सो अनुरूप पलले सफाई पाइसकेपछी आज आफ्नै सैलुनमा जुरीले कपाल र दाह्री काटेका हुन् । जुरीलाई पलले लामो कपाल राम्रो देखिएको छ नकाट्दा हुन्छ भन्दा पनि भाकल गरिसकेपछी काट्नुपर्ने भन्दै आफ्नो बाचा पुरा गरेको बताए । पछिल्लो समयमा जुरी ठाकुरले गरेको बाचाले झन् सबैको नजर उनी माथी केन्द्रित रहेको थियो ।

कपाल र दाह्री काटिसकेपछि ठाकुरले खुसी व्यक्त गर्दै अब आउने दिनमा पलको सफलताको कामना समेत गरेका छन् । जुरी ठाकुर बिशेष गरी सेलिब्रेटीहरुको हेयर डिजाइनर भनेर चर्चित छन् । अभिनेता पल शाहको निकै नजिक रहेका जुरी पल शाहलाई आफ्नो दाई मान्दै आएका छन् ।

Loading...