रौतहट, २७ फागुन
आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशैभरीका विद्यार्थी संगठनहरु आ आफ्नो विजय हाँसिल गर्न लागिपरेका छन् । विगतका बर्षहरुमा क्याम्पसमा बर्चस्व कायम राखेका विद्यार्थी संगठनलाई आफ्नो साख जोगाउन तथा अन्य विद्यार्थी संगठनलाई नेतृत्वमा पुग्नका लागि यतिखेर युद्धस्तरमा विद्यार्थीसंग सहकार्य, सम्वाद लगायतको कार्यलाई तिव्र बनाएका छन् । यसै वीच मंगलवार रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस जनज्योति बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले मनोनयन दर्ता गरेका छन् ।
अखिल क्रान्तिकारीको तर्फबाट स्वबियु सभापति पदका लागि बिधार्थी नेता अजय पटेलको नेतृत्वमा प्यानल सहित मनोनयन दर्ता गरेको छ । अखिल क्रान्तिकारीको प्यानलमा सभापति अजय पटेल, सचिव सुष्मिता धलान, कोषाध्यक्ष अनिशा चौधरी रहेका छन् । सदस्यहरुमा सुनिल कुमार साह, सुरुती पटेल, राजिव चौधरी, श्याम प्रकाश कुमार पटेल, विक्रम प्रसाद साह कलवार, लाल मोहर सहनी, सर्मिला कुमारी चौधरी रहेका छन् ।
समावेशी रुपमा उम्मेदवारी रहेको र विद्यार्थीहरुको हकहितमा सदैव नेतृत्वदायी भूमिका रहेका कारण पनि अखिल क्रान्तिकारीतर्फ विद्यार्थीहरुको समर्थन रहेको सभापति पदका उम्मेदवार अजय पटेलले जानकारी दिनुभयो । क्याम्पसमा देखिएको अनियमितता, विद्यार्थीहरुको हकहित, गुणस्तरीय शिक्षामा विद्यार्थीहरुको प्रत्यक्ष पहुच पुर्याउनका लागि अखिल क्रान्तिकारीको उम्मेदवारलाई विजयी गराउन समेत उहाले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुरुप मङ्गलबार जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेपाल बिद्यार्थी संघको तर्फ बाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी लगायत रहेका छन ।
यस्तै संयुक्त समाजबादी बिधार्थी युनियन नेपालकोे तर्फ बाट अध्यक्षमा राजन चौधरी, सचिबमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चोधरी र सदस्यमा शुसान्त चौधरी रहेका छन ।
अखिल क्रान्तिकारीको सभापतिका उम्मेदवार अजय पटेलका ३० बुँदे योजनाहरु यस्तो छ :
१. सुविधाजनक संरचनाः क्याम्पस भवन, कक्षाकोठा, पुस्तकालय र प्रयोगशालाहरुको मर्मत सम्भार र अद्यावधिक ।
२. डिजिटल शिक्षणः स्मार्ट कक्षा, प्रोजेक्टर, र इन्टरनेट सुविधाको स्थापना ।
३. अनलाइन शिक्षण प्रणालीः अनलाइन पाठ्यक्रम र शिक्षा सामग्रीहरुको व्यवस्थापन ।
४. अनुसन्धान प्रवर्धनः अनुसन्धानको लागि अनुदान, परियोजना, र प्रयोगशाला सुविधाहरुको विकास ।
५. पाठ्यक्रम अद्यावधिकः समयसापेक्ष पाठ्यक्रम र पाठ्यक्रम सामग्रीहरुको पुनरावलोकन ।
६. शिक्षक प्रशिक्षणः नियमित शिक्षक प्रशिक्षण कार्यक्रम र कार्यशालाहरुको आयोजना ।
७. विद्यार्थी परामर्शः शैक्षिक र व्यक्तिगत परामर्श सेवाहरुको उपलब्धता ।
८. स्वास्थ्य सेवाः प्राथमिक स्वास्थ्य सेवा र परामर्श केन्द्रहरुको स्थापना ।
९. स्वच्छता र सरसफाइः क्याम्पसको नियमित सफाइ, फोहोर व्यवस्थापन, र स्वच्छ शौचालय सुविधा ।
१०. सुरक्षा व्यवस्थाः क्याम्पसमा सुरक्षा गार्ड, सीसीटीभी, र आपतकालीन नम्बरहरुको प्रबन्ध ।
११. खेलकुद सुविधाः खेलकुद मैदान, व्याम, र अन्य खेलकुद उपकरणहरुको व्यवस्थापन ।
१२. मनोरञ्जनात्मक गतिविधिः सांस्कृतिक, साहित्यिक, र कलात्मक कार्यक्रमहरुको आयोजना ।
१३. पुस्तकालय सुधारः पुस्तकालयमा नयाँ किताब, ई-बुक्स, र अध्ययन सामग्रीहरुको उपलब्धता ।
१४. इन्फ्रास्ट्रक्चर सुधारः क्याम्पसको सडक, पार्किङ, र बगैचाको मर्मत सम्भार ।
१५. समाजसेवा कार्यक्रमः विद्यार्थीहरुलाई सामुदायिक सेवा र स्वयम् सेवक कार्यक्रमहरुमा सहभागी गराउने ।
१६. परिवहन सेवाः विद्यार्थी र कर्मचारीहरुको लागि सुरक्षित र नियमित यातायात सुविधा ।
१७. पानी र बिजुलीः पिउने पानी र नियमित बिजुली आपूर्तिको सुनिश्चितता ।
१८. भोजन सुविधाः क्याम्पसमा स्वच्छ र पौष्टिक खाना उपलब्ध गराउने क्यान्टिन सुविधा ।
१९. अनुशासन र आचार संहिताः स्पष्ट अनुशासन नियम र आचारसंहिताको पालन ।
२०. आर्थिक व्यवस्थापनः बजेट व्यवस्थापन, आर्थिक पारदर्शिता, र खर्चको अनुगमन ।
२१. विद्यार्थी सहभागिताः विद्यार्थी परिषद् र समितिहरुको गठन र सक्रियता ।
२२. उद्योग-शिक्षा समन्वयः उद्योगहरुसँगको सहकार्य, इन्टर्नशिप, र प्लेसमेन्ट सेवाहरुको प्रबन्ध ।
२३. हरित क्याम्पसः वातावरणमैत्री पहलहरु, जस्तै वृक्षारोपण, ऊर्जा बचत, र रीसाइकलिङ कार्यक्रम ।
२४. विद्यार्थी गतिविधि केन्द्रः विभिन्न क्लब र विद्यार्थी संगठनहरुक